मधेशका मुख्यमन्त्रीले जेठ २३ गते विश्वासको मत लिने

हिमाल प्रेस १४ जेठ २०८१ १९:१२ | Monday, May 27, 2024
मधेशका मुख्यमन्त्रीले जेठ २३ गते विश्वासको मत लिने सरोज यादव

काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते बस्ने प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत हुने जानकारी दिएका छन्।

जनकपुरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले अहिलेसम्म इमानदारी र निष्पक्ष रुपमा काम गर्दै आएको छु। जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते आफूले विश्वासको मत लिने दिन तय भएको प्रस्ताव रहेको छ।’

मुख्यमन्त्री यादवले कानुनअनुसार नै सरकारले स्थानीय तहलाई ससर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर हुने जानकारी दिए। मुख्यमन्त्री यादवले पालिकाहरूले ससर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानुनअनुसार नै पैसा पठाइने बताए।

प्रकाशित: १४ जेठ २०८१ १९:१२ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast