भ्वाइस किड्स सिजन-३ जेठ ३२ देखि प्रसारण

हिमाल प्रेस १५ जेठ २०८१ १७:५४ | Tuesday, May 28, 2024
भ्वाइस किड्स सिजन-३ जेठ ३२ देखि प्रसारण

काठमाडौँ-  बाल गायनमा आधारित टेलिभिजन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन- ३’ यही जेठ ३२ देखि प्रसारण हुने भएको छ। सोका निर्देशन लक्ष्मण पौडेलले जेठ ३२ देखि सो प्रसारण गर्न लागेको जानकारी दिएका हुन्।

यस सिजनको निर्णायकहरूमा पुराना कोच प्रमोद खरेल, मिलन नेवार सहित छेवाङ लामा र मेलिना राई थपिएका छन्।

प्रतियोगितामा ४८ जना बालबालिकाले प्रतिस्पर्धा गर्दैछन्। ब्लाइन्ड अडिसन हुँदै द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनालेसम्म सहभागीले प्रतिस्पर्धा गर्नुपर्नेछ।

आगामी साउन ३२ गते सो को फिनाले गर्ने निर्माण टिमको तयारी छ। प्रतियोगितामा ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले प्रतिस्पर्धा गर्न पाउनेछन्।

द भ्वाइस किड्स नेपालको दोस्रो सिजन दार्जलिङका स्पन्दन सुब्बाले जितेका थिए। भने पहिलो सिजन झापाका जेनिश उप्रेतीले जितेका थिए। दुवैजना टिम प्रमोद खरेलको तर्फबाट अगाडी बढेका थिए।

प्रकाशित: १५ जेठ २०८१ १७:५४ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast