सीआईबी
काठमाडौँ– बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरि परेपछि पुर्जी जारी भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए।
बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग भएको भनिए पनि कुनै उजुरी परेको थिएन। संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा पक्राउ पुर्जी जारी भएको हो।
प्रकाशित: २७ वैशाख २०८१ १३:२१
प्रतिक्रिया



