बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

हिमाल प्रेस १० जेठ २०८१ १७:४८ | Thursday, May 23, 2024
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु प्रतिकात्मक तस्बिर।

काठमाडौं-  बर्दियामा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छन्।

बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन्।

उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ। डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए।

प्रकाशित: १० जेठ २०८१ १७:४८ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast