काठमाडौँ- सुनको भाउ तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३८ हजार चार सय निर्धारण भएको छ।
त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य भने तोलामा १० ले घटेको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ निर्धारण भएको छ।
प्रकाशित: ३० वैशाख २०८१ ११:३४ | Sunday, May 12, 2024
प्रतिक्रिया



