बजेटअनुसार परियोजना बनाउन कर्णालीका मुख्यमन्त्रीको आग्रह

हिमाल प्रेस ९ जेठ २०८१ ९:१४ | Wednesday, May 22, 2024
बजेटअनुसार परियोजना बनाउन कर्णालीका मुख्यमन्त्रीको आग्रह

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्।

कर्णाली प्रदेश सरकारको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलनका मंगलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा उनले प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताए।

मुख्यमन्त्री कँडेलले भने, ‘कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी नै न्यून छ । तपाईँ हामीले गरेका सबै अपेक्षा पूरा हुन सक्दैनन्।’

क्षेत्र र भूमिका हिसाबले फरक भए पनि हामी सबैको गन्तव्य कर्णाली बनाउने हो भन्दै उहाँले निजी क्षेत्रले दिएको राय सुझाव प्रदेश सरकारको आगामी नीतिमा समावेश गरिने जनाए।

समृद्धिको लागि सुशासन आवश्यक भएको र त्यसका लागि नीति नियममा बसेर काम गर्ने कुरा प्रमुख रहेको मुख्यमन्त्री कँडेले बताए। उनका अनुसार सबैको सहयोगबाट कर्णालीको विकासका लागि आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गरिनेछ । त्यसैगरी सुर्खेत विमानस्थल निर्माणको जिम्मा संघीय सरकारले लिनेगरी कर्णाली प्रदेश सरकारले त्यसको पहल गर्ने छ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदबहादुर शाही, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि कँडेललगायत विभिन्न क्षेत्रमा कार्यरत उद्योग व्यवसायीले कर्णालीको पानी, खानी, विद्युत्, पूर्वाधार, कृषि, पर्यटन, खेल, जडीबुटी, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास हुनेगरी आगामी आवको नीति तथा कार्यक्रम ल्याउन सुझाएका थिए।

प्रकाशित: ९ जेठ २०८१ ९:१४ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast