प्रिमियर लिग : युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

हिमाल प्रेस ३१ वैशाख २०८१ ६:३४ | Monday, May 13, 2024
प्रिमियर लिग : युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनल उक्लिएको छ।
म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा हराउँदै आर्सनल शीर्षमा उक्लिएको हो।

खेलमा लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो। खेलमा फर्कन युनाइटेडले धेरै प्रयास गरे पनि टोलीले आर्सनलका गोलकिपर डेभिड रायालाई धेरै दबाब दिनै सकेन।

अब मंगलबार आर्सनलले मंगलबार हुने खेलमा टोटनह्याम हटस्पर्सले म्यानचेस्टर सिटीसँग भिड्नेछ।

अन्तिम खेलमा आर्सनल र एभर्टन भिड्नेछन् भने सिटीले वेस्ट ह्यामसँग भिड्नेछ।

३७ खेलबाट आर्सनलको ८६ अंक छ। एक खेल कम खेलेको सिटीको ८५ अंक रहेको छ। लिभरपुल ३६ खेलबाट ७८ अंक बटुल्दै तेस्रो स्थानमा सीमित रहेको छ।

प्रकाशित: ३१ वैशाख २०८१ ६:३४ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast