नौ महिनामा ११ खर्ब रेमिट्यान्स भित्रियो

हिमाल प्रेस ३० वैशाख २०८१ १४:०२ | Sunday, May 12, 2024
नौ महिनामा ११ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ- नौ महिनामा करिब ११ खर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय समिक्षा अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको उल्लेख छ।

बैंकको तथ्यांकले फागुनमा तुलनामा चैतमा १९.८ प्रतिशत रेमिट्यान्स बढेको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ं.२ प्रतिशत बढेको बैंकको तथ्यांकमा छ। ९ महिनामा ८ अर्ब १५ करोड अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिएको हो।

यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ रहेको छ। यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको बैंकको तथ्यांकमा छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो।

प्रकाशित: ३० वैशाख २०८१ १४:०२ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast