‘नेपाली महिला श्रीलंकाको मनोरञ्जन क्षेत्रमा बेचिन्छन्’

हिमाल प्रेस ३ जेठ २०८१ १२:०२ | Thursday, May 16, 2024
‘नेपाली महिला श्रीलंकाको मनोरञ्जन क्षेत्रमा बेचिन्छन्’

काठमाडौँ- नेपाली महिला श्रीलंकाको मनोरञ्जन क्षेत्रमा बेचिने गरेको पाइएको छ। तस्करले रोजगारीको प्रलोभनमा देखिएर नेपाली महिला श्रीलंकाको मनोरञ्जन क्षेत्रमा  लैजाने गरेको माइती नेपालको पछिल्लो प्रतिवेदनमा औँल्याइएको छ।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले श्रीलंकाबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको जानकारी दिएकी छन्। उनले नेपाली महिलालाई रोजगारीको प्रलोभन देखाएर श्रीलंकाको स्पा, मनोरञ्जन र मसाज सेन्टरमा तस्करी भइरहेको छ।

श्रीलंका हुँदै नेपाली महिला तेस्रोमा वैदेशिक रोजगारीका नाममा पठाइन्छ। ती महिला रोजगारीका नाममा फस्ने गरेको उनले बताइन्। ‘पछिल्लो समय तस्करको ट्रन्जिट भइरहेको छ। यसमा सरकारले ध्यान दिनुपर्छ। नत्र यो समस्या झन जटिल बन्छ’, उनले भनिन्।

पछिल्लो समय देशबाहिर मात्रै होइन, देशभित्रै छोरीचेलीको किनबेच भइरहेको र कतिपय एजेन्ट राजनीतिक संरक्षणमा रोजगारीका नाममा तस्करी गरिरहेको उनको भनाइ छ।

काठमाडौँको एक ‘स्पा’बाट १४ जना किशोरीको प्रहरीले मंगलबार उद्धार गरिएको थियो। उनीहरूलाई स्पामा अवैध कार्यमा लगाइएको माइती नेपालले जनाएको छ। सन् २०१६ यता श्रीलंकाबाट एक सय २० जनाभन्दा बढी महिलाको माइती नेपालले उद्धार गरेको छ।

प्रकाशित: ३ जेठ २०८१ १२:०२ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast