नीति तथा कार्यक्रमः अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री

हिमाल प्रेस १ जेठ २०८१ १६:३६ | Tuesday, May 14, 2024
नीति तथा कार्यक्रमः अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री

काठमाडौँ- सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त सामग्री देशभित्रै उत्पादन गरिने र स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउन प्रबन्ध मिलाइने उल्लेख गरे।

साथै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्ण जीवनको प्रत्याभूति गर्न अपाङ्गता विशेष कार्यक्रम सञ्चालन गरिनेछ समेत नीति तथा कार्यक्रममा उल्लेख छ। ‘अपाङ्गतामैत्री सार्वजनिक संरचना तथा सेवाप्रवाहको व्यवस्था मिलाइनेछ, दलित, मुसहर, पिछडा वर्ग, वादी, लोपोन्मुख तथा सीमान्तकृत जाति एवम् लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुरक्षित गरिने छ’, नीति तथा कार्यक्रममा उल्लेख छ। रासस

प्रकाशित: १ जेठ २०८१ १६:३६ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast