दलको सदस्यता नत्याग्ने स्काउट सदस्यलाई कारबाही गर्ने खेलकुद मन्त्रालयको चेतावनी

हिमाल प्रेस ३१ वैशाख २०८१ १८:२१ | Monday, May 13, 2024
दलको सदस्यता नत्याग्ने स्काउट सदस्यलाई कारबाही गर्ने खेलकुद मन्त्रालयको चेतावनी विराजभक्त श्रेष्ठ।

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटमा आवद्ध भएका सदस्य कुनै राजनीतिक दलमा आबद्ध भए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोही सदस्य राजनीतिक दलमा आबद्ध भए तत्काल सदस्यता नरहेको स्वघोषणा गर्न अनुरोध गरेको छ।

‘नेपाल स्काउटमा निर्वाचित पदाधिकारीहरू विभिन्न राजनीतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानुन बमोजिम कारबाही गरिपाउँ भनि स्काउटरहरूबाट उजुरी तथा गुनासो आएपछि यस्तो निर्ण गरिएको हो,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ वैशाख २०८१ १८:२१ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast