थप रणनीति बनाउन कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

हिमाल प्रेस ७ जेठ २०८१ १६:५६ | Monday, May 20, 2024
थप रणनीति बनाउन कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। कांग्रेसले जेठ ९ गते बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाएको हो।

समसामयिक राजनीतिक सन्दर्भलाई एजेन्डा बनाएर पार्टीले गम्भीर छलफल गर्न लागेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएपछि कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ। संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनबारे यही बैठकबारे निर्णय गर्ने तयारी छ।

नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ ।

आज दिउँसो बसेको विपक्ष दलको बैठकले पनि सहकारी ठगीको मुद्दामा संसद्सँगै सडकमा पनि मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो । संसद्‌मा विपक्षी दलको अवरोधकै बीच आज प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पनि लिए। त्यसपछि कांग्रेस झनै आक्रोशित छ।

प्रकाशित: ७ जेठ २०८१ १६:५६ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast