तीनकुने जग्गा विवाद समाधान गर्न सरोकारवालाले गराए गृहमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस १ जेठ २०८१ १७:४१ | Tuesday, May 14, 2024
तीनकुने जग्गा विवाद समाधान गर्न सरोकारवालाले गराए गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवालाले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्। गृह मन्त्रालयमा सोही क्षेत्रबाट निर्वाचित सांसद सोविता गौतम, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्री समक्ष आफ्नो समस्या सुनुवाइका लागि आग्रह गरेका हुन्।

पञ्चायत स्मारक पार्क बनाउन ०३१ सालमा तत्कालीन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर, अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुन सकेको छैन। सांसद गौतमले पनि यो समस्या समाधानको पहल गरिरिरहेकी छन्।

उनले पटक पटक प्रतिनिधि सभाको बैठकमा पनि त्यहाँको विवादबारे प्रश्न उठाउनु भएको छ। छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता जनाएका छन्।

छलफलमा मनोहर जग्गा एकीकरण र मनोहरा करिडोरमा देखिएको समस्या समाधानबारे पनि कुराकानी भएको भएको थियो। तीनकुनेमा सरकारबाट केहि जग्गाधनीले मुआब्जा बुझिसकेका छन्। केही जग्गाको मुआब्जामा वितरण र केहीको मूल्याङ्कन समेत भएको छैन।

प्रकाशित: १ जेठ २०८१ १७:४१ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast