जलेश्वर नगरपालिकाका मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २७ वैशाख २०८१ १४:५४
जलेश्वर नगरपालिकाका मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मुद्दामा नगरपालिकाका उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललगायत १२ जनालाई विपक्षी बनाइएको छ। गैरकानुनी लाभ लिएर राज्यलाई हानि पुर्‍याइ भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप लगाइएको छ।

जलेश्वर बजार क्षेत्रमा पीसीसी ढलान गराउँदा उनीहरूले पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। आरोपित सबैलाई बराबर बिगो मागदाबीसहित मुद्दा दायर गरिएको छ।

प्रकाशित: २७ वैशाख २०८१ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast