चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, तीन हजारको उपचार

हिमाल प्रेस ३० वैशाख २०८१ १३:१५ | Sunday, May 12, 2024
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, तीन हजारको उपचार

धरान (सुनसरी)- सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धारका साथै तीन हजारको स्वास्थ्य उपचार गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको विपद् व्यवस्थापन टिमद्वारा मेला अवधिभर ३६ जनाको उद्धार र स्वास्थ्य शिविरबाट तीन हजार एक सय अठारजना दर्शनार्थीलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा राखिएको मोटरबोटसहितको विपद् उद्धार टोलीले स्नान गर्दा खोलाले बगाएर लगेका, खोलामा बेहोस् भएका गरी ३६ जनाको उद्धार गरिएको मुख्यालयका नायब महानिरीक्षक अञ्जनीकुमार पोख्ररेलले जानकारी दिए।

मेलालाई व्यवस्थित र सुरक्षित बनाउन तीन सयजना सुरक्षाकर्मी खटाइएको र प्रहरी नायव उपरिक्षकको कमाण्डमा मेलाको अवधिभर स्नानस्थल तथा कार्यक्रमस्थलमा फौज परिचालन गरिएको उनको भनाइ छ।  रासस

प्रकाशित: ३० वैशाख २०८१ १३:१५ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast