गृहमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय

हिमाल प्रेस ९ जेठ २०८१ १५:०१ | Wednesday, May 22, 2024
गृहमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको हो।

जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ। बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै डिला संग्रौलाले आवश्यकताको आधारमा उपत्यकाबाहिर प्रदर्शन गर्न थप कार्यक्रम लैजाने बताइन्।

प्रकाशित: ९ जेठ २०८१ १५:०१ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast