कांग्रेस अडानबाट पछि नहटेपछि टीओआर विवाद मिलाउन सकिएन : कानुनमन्त्री गिरी

हिमाल प्रेस ७ जेठ २०८१ १४:१० | Monday, May 20, 2024
कांग्रेस अडानबाट पछि नहटेपछि टीओआर विवाद मिलाउन सकिएन : कानुनमन्त्री गिरी

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कांग्रेस अडानबाट पछि नहटेकाले सहकारी ठगी प्रकरण छानबिन गर्न बसेको बैठक निष्कर्ष विहीन बनेको बताएका छन्।

आज संसद् भवनमा सन्चारकर्मीसँग संवाद गर्दै सहकारी प्रकरणमा समिति बने पनि दायरामा (टीओआर)मा समस्या भएको उनले बताए।

‘यो विवाद हिजै मिल्थ्यो। तर कांग्रेसले अडान कायम गर्न सकेन,’ सहकारी ठगी प्रकरणको छानबिनका लागि बनेको कार्यदलका संयोजक समेत रहेका मन्त्री गिरीले आज संसद्मा कांग्रेस असंवैधानिक काम गरेको सुनाए।

उनले भोलिसम्ममा समिति/ कार्यदलको बैठक बसेर मिलाउने आश्वासन दिए।

‘भोलि फेरि बैठक बस्ने छौँ। समस्या ठूलो छैन।’ गिरीले भने।

प्रकाशित: ७ जेठ २०८१ १४:१० | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast