 
                             
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसका नेताहरूले एकपछि अर्को सर्त राखेर सहमतिको प्रक्रिया गिजोलेको बताएको छ । रास्वपाका सांसद मनिष झाले हिजो समझदारीको टीओआर बनिसकेको अवस्थामा पछि कांग्रेसले कुरा फेरेको दाबी गरे ।
संसद् परिसरमा पत्रकारसँग कुरा गर्दै झाले संसदीय समितिका लागि आफूहरू तयार भएको तर २ वटा मात्र विषय अघि सारेको बताए।
‘हामीलाई बोल्न दिनुहोस् । जहाँ प्रश्न उठेको छ । त्यहीँ जवाफ दिन्छौं भनेका छौं । ३ वटा सहकारीको नाम उल्लेख गर्न चाहिरहनुभएको छ,’ उनले भने, ‘त्यो समस्या होइन समस्या भएका सबैमा गरौं न भन्ने हो।’
रास्वपा समितिका लागि तयार हुँदा हुँदै कांग्रेसले अर्कै भाष्य सिर्जना गर्न खोजेको उनको आरोप छ। ‘समितिको लागि तयार छैनौं भन्ने हामीमाथि आरोप छ । हाम्रो तर्फबाट स्वर्णिम वाग्ले र सहमहामन्त्री जीवन परियार हिजो दिनभर टीओआर बनाइरहनुभएको थियो,’ उनले थपे, ‘टीओआर लिएर पार्टीमा छलफल गरेर आउँछु भनेर जानुभयो तर टीओआर बर्खास्त गरेर उहाँहरूले एकल रूपमा तिमीहरूले संसदीय मर्यादाविपरीतका शब्द राखेर स्वीकार्नुपर्छ भनेर पठाउनुभयो । कसरी भन्नु हुन्छ हामी समितिको लागि तयार छैनौं भनेर ? संसदीय समितिका लागि तयार छैन भनेर टीओआर त बनेको हो नि ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 