करिब आठ करोड मूल्य बराबरको कोकिनसहित तीन जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ 

हिमाल प्रेस ३ जेठ २०८१ १५:०३ | Thursday, May 16, 2024
करिब आठ करोड मूल्य बराबरको कोकिनसहित तीन जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ 

काठमाडौँ- नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बिहीबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ।

पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गाविन्द थपलियाले पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेको बताए। उनकाअनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट उपचार पद्धतिबाट निकालिएको छ। पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको छ।

जेठ २ गते धोबिचौरबाट पक्राउ परेका वानयाङजीको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ। उनले पल भने १ किलो ३९४ ग्राम कोकिन किन्न धोबीचौर पुगेको बेलामा पक्राउ गरिएको बताए।

प्रहरी वरिष्ठ उपरीक्षक थपलियाले बरामद गरिउको अवैध लागुऔषध कोकिन २ के.जी. ६५४ ग्रामको अवैध बजारमूल्य ७ करोड ९६ लाख रहेको बताए। निजहरूउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३ जेठ २०८१ १५:०३ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast