एमाले महिला भेलामा दुई सय २९ को पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

हिमाल प्रेस १८ जेठ २०८१ ६:२६ | Friday, May 31, 2024
एमाले महिला भेलामा दुई सय २९ को पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

काठमाडौँ- नेकपा एमाले राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको आयोजनामा भेलामा सहभागी ती महिलाको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो।

महासंघका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिइन्। उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिइन्।

‘हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ,’ उनले अन्य मुलुकमा स्तनक्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै भनिन्।  समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिइन्।

प्रकाशित: १८ जेठ २०८१ ६:२६ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast