एमाले चितवनको अध्यक्षमा कमलराज पाठक

हिमाल प्रेस १६ जेठ २०८१ ६:४८ | Wednesday, May 29, 2024
एमाले चितवनको अध्यक्षमा कमलराज पाठक

काठमाडौँ- नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्। घनश्याम कँडेललाई पराजित गर्दै पाठक अध्यक्ष बनेका हुन्।

पाठकले ६०६ मत प्राप्त गरेका छन्। कँडेलले ९३ मत प्राप्त गरे।

जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेको पनि दाबी थियो। तर अन्तिम समयमा उनले पाठकलाई समर्थन गरेका थिए। पाठक निवर्तमान समितिका उपाध्यक्ष हुन्। उनी अधिवक्ता हुन्। उनी नेपाल बार एसोसियसन चितवन शाखाको अध्यक्ष पनि भएका थिए।

जिल्ला उपाध्यक्षमा श्यामकुमार बिष्ट निर्वाचित भए। उनले ४०४ मत प्राप्त गरेका छन्।

प्रतिद्वन्द्वी कृष्णकुमार डल्लाकोटीले २८४ मत प्राप्त गरे। सचिव पदमा ४६६ मत प्राप्त गरेर प्रकाश ढुंगाना निर्वाचित भए। प्रतिद्वन्द्वी पदमपाणि सुवेदीले २२१ मत प्राप्त गरे।

उपसचिव पदमा मिनबहादुर परियार र ज्वाला पुरी वन निर्वाचित भएका छन्।

 

प्रकाशित: १६ जेठ २०८१ ६:४८ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast