एक वर्षमा २०७ उद्योग बन्द

हिमाल प्रेस १४ जेठ २०८१ १०:४७ | Monday, May 27, 2024
एक वर्षमा २०७ उद्योग बन्द प्रतिकात्मक तस्बिर

भैरहवा- रूपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा २०७ उद्योग बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्। अघिल्लो आवमा यसरी लगत कट्टा गराउने उद्योगको संख्या २१७ रहेको थियो।

कार्यालय प्रमुख भुसालले आर्थिक मन्दीको असर रूपन्देहीमा पनि देखिएको बताउनुभयो। उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए।

‘उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ’, उनले भने, ‘आव २०७९र८० मा एक हजार १३० उद्योग दर्ता भएकामा चालु आवमा ७२९ मात्र दर्ता भएका छन्।’

उद्योग मात्र नभई वाणिज्यतर्फको अवस्था पनि उस्तै छ। गत आवमा एक हजार ३०४ व्यवसाय दर्ता भएकामा चालु आवमा हालसम्म एक हजार १७५ वटा मात्र दर्ता भएका छन्।

आव २०७९र८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा थियो। चालु आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए।

आर्थिकमन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए। ‘रूपन्देही औद्योगिक केन्द्रको रुपमा रहेको छ, यहाँ ठूला(ठूला उद्योग छन्’, उनले भने, ‘कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन्।’

रूपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन्।

प्रकाशित: १४ जेठ २०८१ १०:४७ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast