इतिहासकार ज्ञानमणि नेपालको निधन

हिमाल प्रेस १ जेठ २०८१ १३:२८ | Tuesday, May 14, 2024
इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौँ- इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ।

लामो समयदेखि मुटुको रोगबाट पीडित इतिहासकार नेपालको ९१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो। नेपालको महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वास्थ्यमा समस्या आएपछि नेपाललाई गत शुक्रबार मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। नेपालले प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका थिए। स्वर्गीय नेपालका दुई छोरा छन्।

प्रकाशित: १ जेठ २०८१ १३:२८ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast