काठमाडौँ- नेपाली बजारमा आज सुनको भाउ घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३५ हजार चार सय रुपैयाँमा निर्धारण भएको छ।
हिजाेको तुलनामा आज सुनको भाउ एक हजार एक सय रुपैयाँले घटेको हो।
यस्तै बिहीबार एक लाख ३५ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको तेजाबी सुन पनि आज एक हजार एक सय रुपैयाँले नै घटेकाे छ।
आज चाँदीको भाउ भने स्थिर छ। चाँदी तोलामा एक हजार छ सय ४५ निर्धारण भएको छ।
                            प्रकाशित: २१ वैशाख  २०८१ १३:०४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

