तिमीले काट्न सक्ने मलाई
नबोल्ने भएरै होला!
बैगुनी तिमी,
चर्को घामलाई छेकेर
छाहारी बनेको भुल्यौ?
मेरो सारा सन्तति मास्न
आगो लगायौ?
तिम्रो सारा जगत
मेरो श्वासमा अडिएको छ।
म हरियाली हुँदा ,
सबैभन्दा धेरै खुसी हुने
तिमी न हौ।
मलाई
काटिरा’छौ,
जलाइराुछौ।
तर
ख्याल गर,
तिम्रो मृत्युपछि जलाउने मै हुँ।
वनजङ्गल नदीनाला हाम्रो सम्पत्ति हुन,
सबै मिलेर संरक्षण गरौँ।।
प्रकाशित: १५ वैशाख २०८१ ७:१६
प्रतिक्रिया