काठमाडौँ- काठमाडौँबाट झन्डै डेढ किलो सुन र एक करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले झण्डै डेढ किलो सुन र एक करोडभन्दा बढी रुपैयाँ बरामद गरेको हो।
प्रहरीले सुन र नगदसहित सात जनालाई पक्राउ पनि गरेको छ। यसबारे पत्रकार सम्मेलन गरेर प्रहरीले केहीबेरमा जानकारी दिँदै छ।
प्रकाशित: १४ वैशाख २०८१ १२:०१
प्रतिक्रिया