नेपाललाई ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड

हिमाल प्रेस १२ वैशाख २०८१ १६:४०
84
SHARES
नेपाललाई ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेकाे सूचीमा नेपाल एसिया क्षेत्रतर्फ विजेता बनेको हो।

यो अवार्ड अफ्रिकातर्फ नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपतर्फ नेदरल्यान्ड्स र पूर्वी एसियातर्फ इन्डोनेसियाले अवार्ड जिते। २१ एसोसिएट राष्ट्रले मैदानभित्र र बाहिर एक वर्षमा गरेको कार्यका आधारमा मनोनयन गरेको थियाे।

मनोनित राष्ट्रलाई क्षेत्रअनुसार ‘डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर’, महिला क्रिकेट ‘इनिसिएटिभ अफ द इयर‘, ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’, ‘क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ द इयर’ र वेस्ट ‘अन फिल्ड’ (महिला र पुरुष) गरी ६ विधामा अवार्ड वितरण गरिएको हो।

प्रकाशित: १२ वैशाख २०८१ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =