आईपीएल : मुम्बईमाथि ९ विकेटको जित निकाल्दै राजस्थान शीर्षमा

हिमाल प्रेस ११ वैशाख २०८१ ७:१२
18
SHARES
आईपीएल : मुम्बईमाथि ९ विकेटको जित निकाल्दै राजस्थान शीर्षमा

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ।

मुम्बईले प्रस्तुत गरेको १८० रनको लक्ष्य राजस्थानले ८ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पछ्यायो।

राजस्थलानलाई सहज दिलाउन युवा खेलाडी यशस्वी जैसवालले शतकीय इनिङ्स खेले। उनले ६० बलमा १०४ रन बनाए। यसक्रममा उनले ९ चौका र ७ छक्का हिर्काए।

उनलाई जोस बट्लरले ३५ रन तथा कप्तान सञ्जु स्यामसनले ३८ रन बनाउँदै साथ दिए। मुम्बईका लागि एक्लो विकेट पियुश चावलाले हात पारे।

यसअघि सन्दीप शर्माले घातक बलिङ गर्दै ५ विकेट लिएपछि मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७९ रनमा समेटिएको थियो। शर्माले ४ ओभरमा मात्र १८ रन खर्चिएका थिए।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६५ रन बनाए। त्यस्तै नेहल वाधेराले ४९ रनको योगदान दिए भने मोहम्मद नाबीले २३ रन बनाए। ट्रेन्ट बोल्टले २ विकेट तथा अभेष खान र युजभेन्द्र चाहलले १–१ विकेट लिए।

जितसँगै राजस्थान अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। ८ खेलमा सातौँ जितसहित टोलीको १४ अंक छ। पाँचौँ पराजय बेहोरेको मुम्बई ६ अंकसहित सातौँ स्थानमा सीमित छ।

प्रकाशित: ११ वैशाख २०८१ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =