
काठमाडौँ- ललितपुरको बालकुमारी–ग्वार्को सडक ६ रात पूर्णरूपमा बन्द हुने भएको छ।
जिल्ला सुरक्षा समितिले बिहीबारदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
ललितपुरका एसएसपी शेखर खनालले सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधनका साथै पैदल यात्रीलाई समेत हिँड्न निषेध गरिएको छ।
फ्लाई ओभर निर्माण गर्न सडक नै बन्द गर्न लागिएको छ। ग्वार्को फ्लाइओभरको काम धमाधम भइरहेको छ।
प्रकाशित: ६ वैशाख २०८१ ७:४५
प्रतिक्रिया