आईपीएल : हैदराबादसँग बंगलुरुको हार

हिमाल प्रेस ४ वैशाख २०८१ ७:३३
4
SHARES
आईपीएल : हैदराबादसँग बंगलुरुको हार

काठमाडौँ- रनको वर्षा भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी संस्करणको सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बंगलुरुबीचको खेलमा हैदराबादले जितेको छ।

सर्वाधिक रन बनाएको आफ्नै रेकर्ड तोडेको हैदराबादले सुरुवाती ब्याटिङ गर्दै २८७ रन बनाएको थियो। यसअघि गत मार्च २७ मा मुम्बई इन्डियन्सविरुद्ध २७७ रन बनाएको हैदराबादले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २८७ रन बनाउन सफल भयो।

यो कीर्तिमानसँगै बैंगलुरु हैदराबादसँग २५ रनले पराजित भयो। चेन्नस्वामी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर २८७ रन बनायो।

हैदराबादका लागि ट्राभिस हेडले शतक प्रहार गरेका थिए। ३९ बलमा शतक पूरा गरेका उनी ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रन बनाएर आउट भए।

यस्तै हेनरिक क्लासेनले २ चौका र ७ छक्का सहित ३१ बलमा ६७ रन बनाए। अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। अभिषेक शर्माले ३४ तथा एइड्न मार्क्रमले ३२ रन जोडे।

बेंगलुरुका लागि लोकी फर्गुसनले २ तथा रिस टोप्ली १ विकेट लिए।

जवाफमा बेंगलुरुले ७ विकेट गुमाउँदै २६२ रन मात्र बनाउन सक्यो। बेंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८३ रन बनाए पनि जित निकाल्न सकेनन्।

कप्तान फ्याफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए। विराट कोहलीले २० बलमा ४२ बनाए। अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे । जित पछि हैदराबाद ६ खेलमा ४ खेल जित्दै चौथो स्थानमा छ। बेंगलुरु भने ७ खेलमा १ जित सहित पुछारमा यथावत छ।

आईपीएलमा आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन्।

प्रकाशित: ४ वैशाख २०८१ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =