‘सुदूरपश्चिममा पनि केन्द्र गठबन्धनकै सरकार बन्छ’

हिमाल प्रेस २ वैशाख २०८१ १८:१६
18
SHARES
‘सुदूरपश्चिममा पनि केन्द्र गठबन्धनकै सरकार बन्छ’ प्रदीप ज्ञवाली।

काठमाडौँ- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सत्ता सहकार्यअनुसार नै सुदूरपश्चिम सरकार गठन हुने बताएका छन्। आइतबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै उनले यस्तो बताएका हुन्।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको विवादले केही अलमल ल्याए पनि गठबन्धनकै सरकार बन्ने दाबी गरे। नागरिक उन्मुक्ति पार्टीको विवाद र संसदीय दलको नेता को हो भन्ने कानुनी निर्क्योल निकाल्न बाँकी रहेको उनको भनाइ छ।

‘केन्द्रमा जुन सत्ता सहकार्य भएको छ। त्यही सत्ता सहकार्य अनुरूपकै सरकार बन्छ। मुख्यमन्त्री त्यसैगरी आउनुहुन्छ,’ उनले भने, ‘एकीकृत समाजवादीको दलको नेताले यहाँको सहमतिविपरीत पत्र दिएको भए पनि केन्द्रका नेताले त्यसो नगर्नुस्, त्यो गलत हो, फिर्ता लिनुस् भनेर निर्देशन दिएको सार्वजनिक सञ्चार माध्यममा आएको छ। जुन सहकार्य केन्द्रमा छ, त्यही कोर्स अनुसार नै सुदूरपश्चिमको राजनीति अघि बढ्छ भन्ने विश्वास छ।’

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन्। प्रदेश प्रमुख नाजिर मियाँसमक्ष एउटै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीपक्षीय लक्ष्मणकिशोर चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। केन्द्रको गठबन्धन विपरीत नेकपा एकीकृत समाजवादीले रेशम पक्षीय चौधरीलाई समर्थन गरेको छ।

प्रकाशित: २ वैशाख २०८१ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =