किन बस्दैछ एमालेको सचिवालय बैठक?

हिमाल प्रेस २ वैशाख २०८१ ६:३४
10
SHARES
किन बस्दैछ एमालेको सचिवालय बैठक? फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अधिकारीको भनाइ छ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ र ९ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ।

बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन्। परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्छ।

वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमालेले विशेष कार्यक्रम पनि गर्दैछ।

प्रकाशित: २ वैशाख २०८१ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =