कोरियन भाषा परीक्षामा ६ हजार उत्तीर्ण

हिमाल प्रेस २८ चैत २०८० १५:४४
212
SHARES
कोरियन भाषा परीक्षामा ६ हजार उत्तीर्ण

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस)ले पहिलो चरणमा लिएको कोरियन भाषा परीक्षामा ६ हजार युवा उत्तीर्ण भएका छन्। गत फागुन ५ देखि चैत २४ सम्म लिएको पहिलो चरणको परीक्षामा ४७ हजार ५ सय १५ जना सहभागी भएका थिए। परीक्षामा सहभागीमध्ये ६ हजार ३२१ युवा उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ। शाखाले परीक्षाको नतिजा मंगलबार राती सार्वजनिक गरेको थियो।

कोरियाले सन् २०२४ का लागि छुटाइएक्को १६ हजार ४ सयमध्ये पहिलो चरणमा लिएको कोरियन भाषा परीक्षामा ६ हजार र ३ सय २१ परीक्षार्थी उर्तीर्ण भएका हुन्।

ईपीएसले २०२४ मा भाषा परीक्षा तीन चरणमा गर्ने तालिका गत माघमै सार्वजनिक गरेको थियो। अहिले पहिलो चरणको परीक्षा सकिएर दोस्रो चरणको परीक्षा सञ्चालन भइरहेको शाखाले जनाएको छ।

दोस्रो चरणको वैशाख दोस्रो साताभित्र सकिएपछि तेस्रो चरणको परीक्षा सञ्चालन हुने वैदेशिक रोजगार विभाग ईपीएस शाखाकी निर्देशक मैया कँडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो चरणमा पास भएका ६ हजार ३ सय २१ जनाको सीप परीक्षण वैशाख ९ गतेदेखि सुरु हुन्छ। सीपसँगै उनीहरूको स्वास्थ्य परीक्षण हुने उनको भनाइ छ।

भाषा परीक्षाका लागि १ लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएका थिए। कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र स‍ीप बिल्डिङका लागि भाषा परीक्षा लिएको छ।

यस सालदेखि वन, सेवा र रुट इन्डष्ट्रीसहित अन्य क्षेत्रमा पनि कामदार लैजाने परीक्षा हुने शाखाकी निर्देशक कँडेलले जानकारी दिइन् कोरियाले सन् २०२४ मा विभिन्न क्षेत्रमा जम्मा २२ हजारभन्दा बढी नेपाली कामदार लैजाने आश्वसान दिएको उनले बताइन्।

के कोरियाले २०२४ मा १ लाख ६५ हजार विदेशी कामदार लैजान कोटा छुट्टाएको थियो। जसमा नयाँ नियमितको लागि १ लाख ४३ हजार ५ सय ३० र कोरियाबाट करार अवधि सकिएर फर्किएका २१ हजार ४ सय ६० जाको कोटा निर्धारण गरेको थियो।

कोरियाले उत्पादनमूलक क्षेत्रमा ९५ हजार, अतिआवश्यक क्षेत्रमा ३० हजार, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार, सेवा क्षेत्रमा १३ हजार निर्माण क्षेत्रमा ६ हजार र शीप बिल्डिङ ५ हजार विदेशी कामदारका लागि कोटा छुट्टाएको थियो।

प्रकाशित: २८ चैत २०८० १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =