तपाईँको आज

हिमाल प्रेस २८ चैत २०८० ६:२४
14
SHARES
तपाईँको आज

२०८० साल चैत महिनाको २८ गते बुधबार, चैत शुक्ल द्वितीया तदनुसार सन् २०२४ अप्रिल १०। यस्तो छ तपाईँको आज :

मेष :  सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

वृष :  नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ।

मिथुन : परोपकारी काममा रुचि बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ।

कर्कट : सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय बित्नेछ।

सिंह : साथीभाइसंग भेट हुँदा मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कन्या :  टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ।

तुला :  व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि प्रगति हुने समय छ।

वृश्चिक : व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा प्रगति हुनेछ।

धनु : रोकिएका अधुरा काम बन्नेछन्। धेरैले तपाईँका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाइसंँग भेट हुँदा मन प्रसन्न रहनेछ।

मकर :  समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।

कुम्भ : सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्त्वपूर्ण काम सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

मीन : सोचेका काम बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिनेछ।

प्रकाशित: २८ चैत २०८० ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =