‘रोयल इन्फिल्ड पोकर रन नेपाल’ को १४ औँ संस्करणको तयारी पूरा

हिमाल प्रेस २७ चैत २०८० ११:५१
2
SHARE
‘रोयल इन्फिल्ड पोकर रन नेपाल’ को १४ औँ संस्करणको तयारी पूरा

काठमाडौँ- ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’ को १४ औँ संस्करणको तयारी पूरा भएको छ। रोयल इन्फिल्ड कम्पनीको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा उक्त ब्रान्डका सबै मोटरसाइकल धनीले भाग लिन पाउनेछन्।

नेपाल पर्यटन बोर्डको प्रांगणबाट सुरु भई विभिन्न किसिमको रङ्, बनावट र सजावटले सुसज्जित आआफ्नो मोटरसाइकल चढेर करिव २०० किमिको दुरी पार गर्दै बेलुकी पोखरा पुग्ने गरिन्छ। उनीहरूका लागि होटल ल्यान्डमार्क लेकसाइड पोखरामा बास, गाँस र चास (मधुशाला, पार्टी, मनोरञ्जन) को व्यवस्था गरिएको छ।

कार्यक्रमको मुख्य रमाइलो पक्ष पोकर खेल रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पोकर भन्नाले ताससँग सम्बन्धित एक किसिमको खेल हो। पोकर खेलमा पाँच पत्ती तास हातमा लिएर अनेकोँ दाउ बनाउन सकिन्छ। पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एकएक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ। अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ती तास मिलउँदा जसको दाउ सबैभन्दा ठूलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ।

कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अस्ट्रियालगायत विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित १५० को हाराहारीमा सहभागी हुने अनुमान छ।

कार्यक्रमको परिकल्पनाकार स्याक्रेड सम्मिट्स प्रालि का सीईओ रवि थापा हुन्। दिवंगत राइडर विनोद आचार्य क्षेत्रीको) सम्झनामा अर्पण गर्दै रवि थापा र अस्ट्रेलियामा एन्जाक डे हार्ले डेभिडसन पोकर रन अफ अल्बरी सञ्चालक स्टुअर्ट म्याक्लिन मिलेर सन् २००९ मा यो कार्यक्रम थालनी गरेका थिए। २२ जना मोटरबाइक राइडरहरुको सहभागिताका साथ कार्यक्रम सुरु गरिएको थियो।

१४ औँ संस्करणको पोकर रन नेपालमा अल्फा अटोमोटिभ प्रालिको मुख्य प्रायोजन छ भने नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद रेड बुल डाबर नेपाल रियल जुस र कवच राइडिङ गियरको सहप्रायोजन रहेको छ।

प्रकाशित: २७ चैत २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =