टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

हिमाल प्रेस २६ चैत २०८० १८:५९
10
SHARES
टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक फोटो गोरखापत्र अनलाइनबाट

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ। आज सोमबार साँझ खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन्।

नयाँ जर्सीको तल गैँडा र सगरमाथा राखिएको छ। रंग भने मधुरो रातो र मधुरो सेतो छ। साथै जर्सीको बीच भागमा नेपाल लेखिएको छ। बीच भागको रंग भने निलो छ। बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो राखिएको छ। घाँटीको भागमा रातो रंग र बाउलामा नेपालको झन्डा राखिएको छ। जर्सीको पछाडिको भाग निलो र खेलाडीको नम्बर राखिएको छ। पछाडि पनि तल्लो भागमा सगरमाथा नै राखिएको छ।

विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। नेपालले दोस्रोपटक ठी-२० विश्वकप खेल्दैछ। २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। शीर्ष दुईमा रहने हरेक समूहका दुई-दुई टोली सुपर आठमा पुग्नेछन्।

प्रकाशित: २६ चैत २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =