दक्षिण कोरियाको बेरोजगारी दर घट्यो

हिमाल प्रेस २६ चैत २०८० १६:२०
56
SHARES
दक्षिण कोरियाको बेरोजगारी दर घट्यो

सियोल- मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर घटेको श्रम मन्त्रालयको तथ्यांकले सोमबार देखाएको छ। शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण बेरोजगारी दर घटेकाे हाे।

रोजगार र श्रम मन्त्रालयको तथ्यांक अनुसार रोजगार खोज्नका लागि मार्चमा नयाँ आवेदकहरूको संख्या एक लाख ३० हजार ८०० पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले कमी हो। फेब्रुअरीमा दोहोरो अंकमा झरेको यो संख्या लगातार दोस्रो महिना पनि तल झरेको हो।

शिक्षा सेवा, उत्पादन, थोक तथा खुद्रा उद्योगमा लाभग्राहीको अवस्थामा कमी आएको छ। तर वित्त, बिमा, सूचना तथा सञ्चार क्षेत्रमा भने गत महिनाको तथ्यांकमा वृद्धि भएको छ।

बेरोजगारीको अत्यधिक संख्यालाई लिएर रोजगारी खोज्न मद्दत गर्न सरकारले रोजगारी खोज्न सघाउने प्रस्ताव गरेको छ। यो कार्यक्रम राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ।

रोजगार प्राप्तकर्ताहरूको संख्या मार्चमा छ लाख ५४ हजार ६०० थियो जुन एक वर्ष अघिको समान अवधिको तुलनामा तीन प्रतिशतले कम हो । यसले १४ महिनाको पहिलो गिरावटलाई अंकित गरेको छ ।

कूल रोजगारी प्राप्तिको अवस्था ६.२ प्रतिशतले घटेर ९६९.६ अर्ब वोन (७१६.७ मिलियन अमेरिकी डलर) मा झरेको छ। रासस/सिन्ह्वा

प्रकाशित: २६ चैत २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =