काठमाडौँ- जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ। काठमाडौँदेखि बर्दिया जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा दुर्घटना भएको हो।
खानका स्वकीय सचिव अतिहल्लाह मुसलमानका अनुसार सचिवालयका सदस्यहरू पनि घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको मुसलमानले जानकारी दिए।
प्रकाशित: २६ चैत २०८० १४:४७
प्रतिक्रिया