नेपाली क्रिकेट टिमको बलिङ कन्सल्टेन्टमा एस्टविक नियुक्त

हिमाल प्रेस २५ चैत २०८० १८:४५
22
SHARES
नेपाली क्रिकेट टिमको बलिङ कन्सल्टेन्टमा एस्टविक नियुक्त

काठमाडौँ– वेस्ट इन्डिजका रोड्रिक ओ’ एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बलिङ सल्लाहकार प्रशिक्षकमा नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एस्टविकलाई बलिङ सल्लाहकार प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो। एस्टविकसँग आठ वर्षभन्दा लामो समय वेस्ट इन्डिजको सियिनर टोलीसँग काम गरेको अनुभव छ।

‘नेपालको राष्ट्रिय टोलीमा काम गर्न पाउनु मेरा लागि गर्वको विषय हो। आफ्नो ज्ञान नेपाली खेलाडीलाई बाँड्न आतुर छु ,’ एस्टविकले भने,‘पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ। नेपाली क्रिकेटलाई अझैमाथि लैजानका लागि म शतप्रशित दिने प्रयास गर्नेछु।’

६२ वर्षीय एस्टविकले ३७ पहिलो श्रेणी र ४२ लिस्ट ‘ए’ खेलेका छन्। उनले प्रथम श्रेणीमा १४१ विकेट लिनुका साथै ३७६ रन प्रहार गरेका छन्। यसैगरी एस्टविकले लिस्ट ‘ए’ मा ४३ विकेटका साथै १०० रन बनाएका छन्।  वेस्ट इन्डिजले २०१६ मा टि-२० विश्वकप उपाधि जित्दा उनी बलिङ कन्सल्टेन्ट थिए।

प्रकाशित: २५ चैत २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =