एसएमएस फ्रेन्डसिप कप फाइनल : गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल

हिमाल प्रेस २५ चैत २०८० १३:११
28
SHARES
एसएमएस फ्रेन्डसिप कप फाइनल :  गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरात क्रिकेट संघविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय लिए।

नेपाल गुजरातमाथि ह्याट्रिक जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ। लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले पराजित गरेको थियो।

यसैगरी बरोडा क्रिकेट संघलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा भने बरोडासँगै ३७ रनले निरास बनेको थियो। यता गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित गर्दै फाइनल पुगेको हो

नेपालले आज चार परिवर्तन गरेको छ। पछिल्लो खेलमा विश्राम पाएका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आशिफ शेख टोलीमा फर्किएका छन्। आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र ललित राजवंशीलाई बेन्चमा राखिएको छ।

नेपाली टोलीः

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलसन झा, करन केसी, सोमपाल कामी, अविनाश बोहोरा

प्रकाशित: २५ चैत २०८० १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =