प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बेसडर गजुरेल

हिमाल प्रेस २५ चैत २०८० ९:४१
प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बेसडर गजुरेल

काठमाडौँ-  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्रान्ड एम्बेसडरमा कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ। सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र कलाकार गजुरेलले हस्ताक्षर गरेको इन्स्योरेन्सले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए।

कलाकारिताका माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आबद्धताले कम्पनीको प्रचारप्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गरे। ब्रान्ड एम्बेसडर गजुरेलले जीवन बिमाजस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

प्रकाशित: २५ चैत २०८० ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =