आईपीएल : कोहलीका शतकका बाबजुत पनि हार्‍यो आरसीबी

हिमाल प्रेस २५ चैत २०८० ७:५६
6
SHARES
आईपीएल : कोहलीका शतकका बाबजुत पनि हार्‍यो आरसीबी

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा जोस राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) लाई पराजित गरेको छ। गएराति भएको खेलमा राजस्थानले ६ विकेटको जित हात पारेको हो।

आरसीबीले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो। राजस्थानका लागि जोश बटलरले शतक बनाए। बटलरले अन्तिम बलमा शतक पुर्‍याए।

६ बलमा १ रन चाहिएको अवस्थामा बटलर ९४ रनमा रहेका थिए। अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै उनले ५८ बलमा शतक पुरा गरे । उनको इनिङमा ९ चौका र ४ छक्का सम्मिलित थियो।

यस्तै राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४२ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे । शिमरन हेटमायरले ११ रन बनाए।​

आरसीबीका लागि रिस टोप्लीले २ तथा यश दयाल र मोहम्मद सिरजले १-१ विकेट लिए।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन जोड्यो। आरसीबीका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्का सहित ११३ रनको शतकीय इनिङ खेले। यस्तै कप्तान फ्याफ डु प्लेसिसले ३३ बलमा ४४ रन बनाए। तर अन्य ब्याटर चल्न नसक्दा आरसीबीले अझ ठूलो योगफल खडा गर्न सकेन।

राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नन्द्रे बर्गरले १ विकेट लिएका थिए।

जित पछि राजस्थान ४ खेलमा ४ जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ५ खेलमा १ मात्र जित हात पारेको आरसीबी आठौं स्थानमा छ।

आईपिएलमा आज दुई खेल हुँदै छन्। पौने ३ बजे मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् भने बेलुका पौने ८ बजे लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स आमनेसामने हुने छन्।

प्रकाशित: २५ चैत २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =