राजनीतिक दल त्याग्न शिक्षकलाई मन्त्रीको आग्रह

हिमाल प्रेस २४ चैत २०८० १५:४५
394
SHARES
राजनीतिक दल त्याग्न शिक्षकलाई मन्त्रीको आग्रह

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न आग्रह गरेकी छन्।

शिक्षामन्त्रीको पदभार आरम्भ गरेको एक महिना पुगेको अवसरमा शुक्रबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षकलाई उक्त आग्रह गरेकी हुन्।

मन्त्री श्रेष्ठले दल त्याग्न मन्त्रालयले सार्वजनिक रूपमा आह्वान गरिसकेको र दलको सदस्य भएका शिक्षकका बारेमा सूचना दिन आह्वान गरिएको जानकारी दिइन्।

उनले भनिन्,‘शिक्षालाई दलीय राजनीतिमुक्त क्षेत्र बनाउन राजनीतिक दलमा आबद्ध शिक्षकलाई दलीय सदस्यता त्याग्न आह्वान गरेका छौँ। जनतालाई दलमा सक्रिय शिक्षकबारे उजुरी गर्न सार्वजनिक आह्वान गरेका छौँ र कारबाही गर्न कार्यविधिबारे स्पष्टता ल्याइएको छौँ।’

प्रकाशित: २४ चैत २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =