नेसपाले किन गर्‍यो स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन?

हिमाल प्रेस २३ चैत २०८० २०:४७
390
SHARES
नेसपाले किन गर्‍यो स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन? नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले इलाम-२ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ।

नेसपाका प्रवक्ता कृष्ण शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चंगुलबाट मुलुकलाई निकाल्न थेगिमलाई गरेको समर्थनले इँटा थप्ने जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘समतामूलक समृद्धि, पहिचान र सामर्थ्यसहितको संघीयता, सुशासन/सदाचार, राष्ट्रिय स्वाधिनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरूमा हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ।’

आगामी १५ वैशाखमा इलाम-२ मा उपनिर्वाचन हुँदैछ।

प्रकाशित: २३ चैत २०८० २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =