युरोप पठाउने भन्दै श्रीलंकन नागरिकलाई काठमाडौँमा बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

हिमाल प्रेस २३ चैत २०८० १७:४८
20
SHARES
युरोप पठाउने भन्दै श्रीलंकन नागरिकलाई काठमाडौँमा बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

काठमाडौँ- श्रीलंक नागरिकलाई वैदेशिक रोजगारको लागि युरोपियन देशहरूमा पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने पाकिस्तानीहरू पक्राउ परेका छन्। यस्तो कार्यमा संलग्न चारजना पाकिस्तानी नागरिकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पाकिस्तानी नागरिकहरू ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह पक्राउ परेका हुन्। श्रीलंकन नागरिकहरूलाई क्यानडा, रोमानिया, ग्रिसलगायत देशमा पठाई दिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याएर  विभिन्न होटलमा राखेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लिई जबर्जस्ती बन्धक बनाई राखेका थिए। बन्धक रहेका श्रीलंकन नागरिकलाई प्रहरीले चैत २२ गते सकुशल उद्वार गरेको थियो। पक्राउ परेका पाकिस्तानी नागरिकमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =