बरोडासँग हार्‍यो नेपाल

हिमाल प्रेस २३ चैत २०८० १७:०७
40
SHARES
बरोडासँग हार्‍यो नेपाल

काठमाडौँ- एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो हार ब्यहोरेको छ। लिग चरणको अन्तिम खेलमा नेपाल बरोडा क्रिकेट संघसँग ३७ रनले पराजित भयो। अघिल्ला तीनै खेलमा जित निकालेको नेपालले फाइनलमा स्थान बनाइसकेको थियो। अघिल्ला तीनै खेलमा हार ब्यहोर्दै फाइनल पुग्ने दौडबाट बाहिरिएको बरोडाका लागि यो जित सान्त्वना बन्यो।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा शुक्रबार बरोडाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा समेटियो। नेपालका लागि सन्दीप जोरालेले ४३ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक५६ रनको योगदान गरे। यसैगरी विवेक यालदवले १७ र कुशल भुर्तेलले १६ रन बनाए।

बरोडाका लागि ध्रुव पटेलले र लक्षित तोक्सियाले समान तीन विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रनको योगफल तयार पार्यो। बरोडाका लागि शाश्वत रावतले ३१, ध्रुव पटेलले २९, अमित पासीले २६ मोहित मोंगियाले २२ र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए।

नेपालका लागि करण केसी र गुलसन झाले समान दुई तथा आकाश चन्द, प्रतिश जिसी, ललितनारायण राजवंशी र कप्तान दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए। नेपालले उपाधिका लागि आइतबार गुजरात क्रिकेट संघको सामना गर्नेछ।

प्रकाशित: २३ चैत २०८० १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =