शिक्षा समिति सभापति थापा भन्छन् : शिक्षा विधेयकमाथि दफावार छलफल छिट्टै टुंग्याएर संसद्मा पठाउँछु

हिमाल प्रेस २३ चैत २०८० ९:४३
3.0k
SHARES
शिक्षा समिति सभापति थापा भन्छन् : शिक्षा विधेयकमाथि दफावार छलफल छिट्टै टुंग्याएर संसद्मा पठाउँछु

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले विद्यालय शिक्षा विधेयक–२०८० माथि दफावार छलफल छिट्टै टुंग्याएर संसद्मा पठाउने बताएका छन्।नेपाल शिक्षक महासंघ, नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका प्रतिनिधिहरूसँगको भेटमा थापाले सो कुरा बताएका हुन्।

परिषद् अध्यक्ष गंगाराम तिवारीले समिति सभापति थापाको भनाइ उद्धृत गर्दे भने,‘शिक्षा विधेयकमाथि दफावार छलफल गरेर संसद्मा पठाउँछु। त्यसपछिको काम सरकारको हो।’

थापाले जसरी भए पनि विधेयक संसद्बाट पास गर्नुपर्ने बताउँदै शिक्षक कर्मचारीको उचित माग सम्बोधन हुनका लागि ऐन नै ल्याउनुपर्ने बताएको अध्यक्ष तिवारीले हिमालप्रेसलाई जानकारी दिए।

तिवारीले भनेचाहिँ अहिले नै शिक्षा ऐन ल्याउन नसक्ने हो भने नौपटकसम्म संशोधन भइसकेको शिक्षा ऐन–२०२८ पुनः संशोधन गरेर शिक्षक कर्मचारीका पेसागत समस्या समाधान तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्ने बताए। शिक्षा विधेयकमा एक सय ५२ सांसदले एक हजार सात सय ८५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

प्रकाशित: २३ चैत २०८० ९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =