फ्रेन्डसिप कपमा भारतको बरोडा क्लबसँग खेल्दै नेपाल

हिमाल प्रेस २३ चैत २०८० ६:३९
16
SHARES
फ्रेन्डसिप कपमा भारतको बरोडा क्लबसँग खेल्दै नेपाल तस्बिर : क्यान

काठमाडौँ-  भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपमा एक खेलअगाडि नै फाइनल पुगेको नेपालले आज भारतको बरोडा क्लबसँग खेल्दै छ। लगातार तीन खेल जितेको नेपालले चौथो खेल बरोडासँग खेल्न लागेको हो।

फ्रेन्डसिप कपअन्तर्गत जारी टी–२० सिरिजमा नेपालले गुजरात क्रिकेट एशाेसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित निकालेको छ।

नेपाल र बरोडा टोलीबीचको खेल दिउँसो २ : ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ।

पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रूपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

प्रकाशित: २३ चैत २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =