सुदूरपश्चिमको पहिलो माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कुलको अनावरण

हिमाल प्रेस २२ चैत २०८० १५:४५
सुदूरपश्चिमको पहिलो माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कुलको अनावरण

काठमाडौँ– माई सेकेन्ड टिचरले नेपालमा राष्ट्रिय परीक्षा बोर्डका लागि पाठ्यक्रम सहयोग गर्न उत्कृष्ट डिजिटल अध्ययन सामग्री उपलब्ध गराउन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) सँग साझेदारी गरेको घोषणा गरेको छ। एसपीए कलेजलाई नेपालको पहिलो सुदूरपश्चिम माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कुलका रूपमा तोक्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

माई सेकेन्ड टिचर एक अग्रणी ग्लोबल एडटेक प्लेटफर्म हो जसको उपस्थिति ५० देशमा छ। जसमा क्याम्ब्रिज विद्यालयसहित ९००० विद्यालयमा विश्वव्यापी रूपमा उपयोग भइरहेको छ।  एसपीए कलेजका प्रधानाध्यापक सुवास शाहीले भने, ‘हामी हाम्रा विद्यार्थीहरुका लागि सिकाई अनुभव बढाउन माई सेकेन्ड टिचरसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ।’

प्रकाशित: २२ चैत २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =