अर्घाखाँचीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस २१ चैत २०८० १८:५०
18
SHARES
अर्घाखाँचीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अर्घाखाँची- अर्घाखाँचीको शीतगंगामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

शीतगंगा नगरपालिका-१४, जलुकेपानीमा लु २ च ७९३२ नम्बरको जीप र लु ६ प ७९३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु शुद्धोधन गाउँपालिकाका २८ वर्षीय नियाज मुसलमानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायव निरीक्षक शालिकराम खनालले जानकारी दिए।

दुर्घटनामा जीप चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय सनिउल्लाह थकिर घाइते भएका छन्। जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ चैत २०८० १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =